शुक्रबार रातिदेखि उपत्यकामा जोर-बिजोर प्रणाली लागु

काठमाडौं, ७ माघ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरूलाई निरूत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागु गरेका छन् ।

‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहिँ समस्या छैन । त्यस विषयमा हामी छलफल पनि गर्दैछौं । अन्य हिँडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन, यो बेलामा गतिविधि नर्गदा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ । उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो । जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझ पनि मानिसहरूमा धारणा नबनिसकेको देखियो । त्यसकारण अत्यावश्यक काममा हिँड्ने नागरिकहरूलाई अहिले पनि अप्ठ्यारो, बाधा छैन । सवारी साधनको सीमिततालाई भीडभाडजन्य गतिविधिमा निरूत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने बुझाइ हो ।’

यिनीहरूलाई लाग्ने छैन जोरबिजोर

काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ पत्रकारका सवारीसाधन‚ एम्बुलेसन्सलगायतलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । स्थानीय प्रशासनले उपत्यकामा कोभिड-१९ रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागु हुने निर्णय गरेको छ ।

सञ्चारकर्मीको हकमा सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्रको आधारमा सवारीसाधन चलाउन पाउने भएका छन् । यस्तै‚ औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानीलगायत अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु नहुने प्रजिअ शर्माले जानकारी दिइन् ।

यस्तै‚ सरकारी साधन, कूटनैतिक नियोजनका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुने छैन ।

हेर्नुहोस् आदेश

६_गते_जारी_आदेश
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.