उपत्यकामा ५१९ सहित थप १६७७ जनामा कोरोना संक्रमण, २०७२ संक्रमणमुक्त
काठमाडौं, २२ भदौ : पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १४२३ जना र ३९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनाा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ३१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ रहेको छ । योसँगै नेपालमा ७ लाख ३१ हजारजना संक्रमणमुक्त भएका छन् ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये देशभर २८ हजार ३१४ जना होम आइसोलेसनमा, १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा, ५१४ जना आईसीयू तथा १५४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।