उपत्यकामा ९०६ सहित थप २२९५ जनामा कोरोना संक्रमण, १८०८ संक्रमणमुक्त
काठमाडौं, १४ भदौ :पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन् ।
यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार १४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा ७ लाख १४ हजार ५२० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन् ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।