उपत्यकामा ५६६ सहित थप १९२० जनामा कोरोना संक्रमण, २२४८ संक्रमणमुक्त
काठमाडौं,
पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४४३ पीसीआर परीक्षणमा १७०२ र ३०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ५६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो ।
हाल काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित छन् । त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन् ।
काठमाडौं जिल्लामा अहिलेसम्म २ हजार ५५ ले कोरोनाबाट ज्यान गुमाएका छन् । त्यस्तै भक्तपुरमा ४०४ र ललितपुरमा ६२९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २२ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।