उपत्यकामा ८९८ सहित थप ३४२ जनामा कोरोना संक्रमण, २२४४ संक्रमणमुक्त
काठमाडौं, ४ भदौ : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।
१० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार २४४ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ६३१ पुगेको छ । हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्।
आज देशभर ३६ हजार ९२२ जना होम आइसोलेसनमा, ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा, ७१४ जना आईसीयू तथा १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृतकको संख्या १० हजार ४५५ पुगेको छ ।