यस्तो छ अर्थमन्त्रीले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)
काठमाडौं, २६ साउन : सरकारले श्वेतपत्र ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।
संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए ।
अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।
‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् ।
विगतको सरकारले कोषको अवस्थामा ध्यान नदिई बजेट निर्माण गर्ने गरेका कारण बजेट प्रतिको विश्वसनियतामा ह्रास आएको श्वेतपत्रमा उल्लेख छ
कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए ।
हेर्नुस् श्वेतपत्र
आर्थिक-जानकारी-पत्र-MInister-Copy