उपत्यकामा निषेधाज्ञा थप कडा, बिहीबारदेखि राति ८ बजेपछि सवारी संचालनमा रोक

काठमाडौं, २६ साउन : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।

साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ । अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ । राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ ।

​स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ ।

त्यसैगरी रेष्टुरेन्टमा होम डेलिभरी प्रयोजनका लागि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।

मास्क नलगाउनेलाई गाडी चढ्न नदिइने

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न नपाउने भएका छन् ।

“काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहाय मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने,” निर्णयमा भनिएको छ, “कुल स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नराख्ने । सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने । चालक र सहचालकले अनिवार्य मास्क र माइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.