उपत्यकामा ९५९ सहित थप ३६५१ जनामा कोरोना संक्रमण, १७८४ जना संक्रमणमुक्त

काठमाडौं, २५ साउन : पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ७ लाख ८७ हजार ५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कुल १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५९ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ६२४, भक्तपुरमा १७० र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन् ।

यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६९५ तथा देशभर ३६ हजार २८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् । जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसहित मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । हाल नेपालमा संक्रमितमध्ये १.५ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.