उपत्यकामा १०७५ सहित थप ३९३८ जनामा कोरोना संक्रमण, २०१२ संक्रमणमुक्त

काठमाडौं, २१ साउन : पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७५ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ७०८०, भक्तपुरमा १२९९ र ललितपुरमा १६८९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । हाल नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९३.७ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेकोे छ । हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.