उपत्यकामा ७७५ सहित थप ३१०६ जनामा कोरोना संक्रमण, १९१६ जना संक्रमणमुक्त

काठमाडौं, १६ साउन : पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ७ लाख ५६ हजार ७३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप सात सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये काठमाडौंका ५१७, ललितपुरका १६४ र भक्तपुरका ९४ जना छन् । त्यस्तै, अहिले उपत्यकामा ८ हजार ६६९ जना सक्रिय संक्रमित छन् ।

काठमाडौंमा ५९९५, ललितपुरमा १५४० र भक्तपुरमा ११३४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । हालसम्म ७ लाख ५६ हजार ७३९ जनामा संक्रमण पुष्टि भएकोमा ९४.१ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ९५ हजार ३ सय ८९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६१ ह्जार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको छ । हाल नेपालमा कोरोनाका कारण हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.