उपत्यकामा ८६० सहित थप ३३६५ जनामा कोरोना संक्रमण, १३७३ संक्रमणमुक्त
काठमाडौं, १४ साउन : पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएकामध्ये २३.६२ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना छन् ।
काठमाडौं उपत्यकामा अहिले आठ हजार ४४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.१ प्रतिशत निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
