उपत्यकामा ६१३ सहित थप २९७७ जनामा कोरोना संक्रमण, १६७८ संक्रमणमुक्त

काठमाडौं, ८ साउन : पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१०  गर्दा ९९५ मा संक्रमण देखिएको छ ।

कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।  परिक्षण गरिएकामध्ये १७.२० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१३ जनामा संक्रमण भएको हो । जसमध्ये काठमाडौंका ४१०, भक्तपुरका ६९ जना र ललितपुरका १३४ जना छन् ।

योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ८४५ सक्रिय कोरोना संक्रमित छन् । काठमाडौंमा मात्रै ५७८२, भक्तपुरमा ९४७ जना र ललितपुरमा १११६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।  नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.