उपत्यकामा ४७४ सहित थप २४४५ जनामा कोरोना संक्रमण, १२५८ संक्रमणमुक्त

काठमाडौं, ४ साउन : पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६४२ जना र ३८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएकामध्ये २०.९६ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।
आज देशभर २३ हजार ३३४ जना संस्थागत आइसोलेसनमा २ हजार ५०३ आइसीयुमा ५६४ र भेन्टिलेटरमा १५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.७ प्रतिशत निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
