उपत्यकामा ४३३ सहित थप २३७० जनामा कोरोना संक्रमण, ११३३ जना संक्रमणमुक्त

काठमाडौं, २८ असार :  पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३३ कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० छन् ।

यसैगरी काठमाडौं उपत्यकामा ७६९० सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५४१८, भक्तपुरमा ९५३ र ललितपुरमा १३१९ छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।  मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.