उपत्यकामा ३९१ सहित थप १८३१ जनामा कोरोना संक्रमण, १५३३ संक्रमणमुक्त
काठमाडौं, २७ असार : पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३५ जनाको पिसिआर र ३ हजार ६८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १ हजार २३७ र एन्टीजेनबाट ५९४ जना पोजेटीभ देखिएको हो ।
दैनिक नमुना परीक्षण गरिएकामध्ये करिब २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको मन्त्रालयले जनाएको छ । जोखिम यथावत रहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् ।
आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।
काठमाडौं उपत्यकामा तीन जिल्लामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६२७ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार ३१९ जना, ललितपुरमा १ हजार ३३० जना र भक्तपुरमा ९७८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् । नेपालमा हालसम्म ६ लाख ९९ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० रहेको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
