उपत्यकामा ४२७ सहित थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, १२८६ संक्रमणमुक्त

काठमाडौं, २४ असार : पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२८६ जना निको भएका छन् । योसहित ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९३२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.