उपत्यकामा ४९९ सहित थप २६३४ जनामा कोरोना संक्रमण, १६६५ संक्रमणमुक्त

काठमाडौं, २२ असार : पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ८२८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १६६५ छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ ।

हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोना संक्रमणको मृत्य दर १.५ प्रतिशत छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.