आजदेखि काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली, निषेधाज्ञा थप खुकुलो

काठमाडौं, २२ असार : काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर-बिजोर प्रणाली हटाइएको छ ।

माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ ।

आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन ।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ ।

निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरेका छन् । विद्यालयहरू भने खुल्न पाउँदैनन् । सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.