उपत्यकामा ४२८ सहित थप २२९९ जनामा कोरोना संक्रमण, ३४५१ संक्रमणमुक्त

काठमाडौं, १८ असार : पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा कुल ८ हजार १४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ।  नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.