उपत्यकामा ४५८ सहित थप २६३६ जनामा कोरोना संक्रमण, ४४८९ संक्रमणमुक्त

काठमाडौं, १५ असार : पछिल्लो २४ घण्टामा २६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ४५८ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४८९ जना रहेको छ । योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।
योसँगै देशभर मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।
