उपत्यकामा ५१४ सहित थप २४४४ जनामा कोरोना संक्रमण, ३८५३ जना संक्रमणमुक्त
काठमाडौं, १४ असार : पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१४ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४४५३, भक्तपुरमा १७३८ र ललितपुरमा २२०६ जना संक्रिय संक्रमित छन्।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट २७७५ जनाको मृत्यु भएको छ ।
उपत्यकामा हाल ८ हजार ३९७ जना सक्रिय संक्रमित रहेको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३८५३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।
संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ ।
