उपत्यकामा २५२ सहित थप २०१६ जनामा कोरोना संक्रमण, ४९१४ जना संक्रमणमुक्त

काठमाडौं, १२ असार : पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २५२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका १८१ रहेका छन् । यस्तै,ललितपुरमा ४६ र भक्तपुरमा २५ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।
