राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित)
काठमाडौं, १० असार : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।
गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।
संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले वैशाख २७ गते लोकसेवासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तीको सिफारिस गरेको थियो । संसदीय सुनुवाई बिना नै नियुक्त पदाधिकारी नियुक्त गरिएको हो ।

