मनसुन: देशैभरि बाढी र पहिरोको विनास (फोटो फिचर)

काठमाडौं, असार : मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोको समस्या देखिएको छ ।

हालसम्म बाढी पहिरोमा परेर एक दर्जन बढी मानिसको ज्यान गएको छ । बाढी र पहिरोबाट १३ जिल्ला बढी प्रभावित छन् । बाढी पहिरोबाट २७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित छन् ।

सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ । बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.