उपत्यकामा ४९९ सहित थप २८२८ जनामा कोरोना संक्रमण, ३०८२ संक्रमणमुक्त

काठमाडौं, २ असार : पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना काेराेना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या १२ हजार ७२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा ताप्लेजुङ, पाँचथर, इलामलगायत २७ जिल्लामा थपिने स्रक्रमितको संख्या १० भन्दा कम रहेको छ ।

हाल देशभर ५७ हजार ८२६ जना होम आइसोलेसनमा, चार हजार ३११ जना संस्थागत आइसोलेसनमा, ९०२ जना आईसीयूमा र २७९ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको, १०.१२ प्रतिशत सक्रिय रहेको र १.३९ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.