उपत्यकामा ५४५ सहित थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ जना संक्रमणमुक्त

काठमाडौं,१ असार : पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४५ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १३ हजार ३०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।
योसँगै नेपामा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर ९६७ जना आईसीयू तथा २८५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
