उपत्यकामा ६०७ सहित थप २९१८ जनामा कोरोना संक्रमण, ५१४७ जना संक्रमणमुक्त
काठमाडौं, ३१ जेठ : पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो । पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको थियो ।
योसँगै आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसमध्ये काठमाडौंका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना छन् । योसँगै काठमाडौं उपत्यकामा ८१८२, भक्तपुरमा २४३४ र ललितपुरमा ३४४२ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा थप ५१४७ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना महामारी विस्तारै नियन्त्रणतर्फ अघि बढेको छ । एक महिनाअघि संक्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको थियो । आज यो दर झरेर १९.६९ प्रतिशतमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।
