उपत्यकामा ६५३ सहित थप २४०७ जनामा कोरोना संक्रमण, ३९९४ जना संक्रमणमुक्त
काठमाडौं, ३० जेठ : पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् ।
थपिनेमा काठमाडौंका ४८३, ललितपुरका ११२ र भक्तपुरका ५८ जना छन् ।
नेपालभर ४४ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्य काठमाडौंमा १२.६ प्रतिशत, ललितपुरमा ५.३ प्रतिशत, रूपन्देहीमा ३.९, मोरङमा ३.८ प्रतिशत, भक्तपुरमा ३.७ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार २११ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
यीमध्ये १ हजार १ सय जनाको सघन कक्षमा उपचार भइरहेको छ । सघन कक्षकामध्ये ३४७ जना भेन्टिलेटर सहायतामा छन् ।
हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो ।
पछिल्लो २४ घण्टामा ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ ।
यीसहित हालसम्म कोरोनाबाट ८ हजार ४१२ जनाको मृत्यु भएको छ ।
