थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं, २८ जेठ : पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११४० जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९२१ भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ९९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।
यससंगैं देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ रुपैयाँ पुगेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।
