उपत्यकामा ९१५ सहित थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त

काठमाडौं, २६ जेठ :  पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा बुधबार ९१५ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौं जिल्लामा ६७९ जना थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् । देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित छन् । देशभर निको हुनेको दर ८५. २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४६ जिल्लामा ५–५ सयभन्दा धेरै संक्रमित छन् । संक्रमितमध्ये २१ देखि ५० वर्षको उमेर समूह उच्च रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.