उपत्यकामा १२२६ सहित थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त

काठमाडौं, २५ जेठ पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२६ जना नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या २० हजारबाट तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा कुल सक्रिय संक्रमितको संख्या १९ हजार ३७८ रहेको छ । काठमाडौंमा ११ हजार ४२३, भक्तपुरमा ३ हजार ४५४ र ललितपुरमा ४ हजार ५०१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ५ लाख ४५ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ८२ हजार ७३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ७६ हजार ५५० जना र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् । संक्रमितमध्ये एक हजार ३२१ जना आइसीयुमा उपचारत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन सबैभन्दा बढी २४६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.