उपत्यकामा १११५ सहित थप ४४७२ जनामा संक्रमण, ६९५१ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ : पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।
काठमाठौं उपत्यकामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ७९०, ललितपुरमा १९० र भक्तपुरमा १३५ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ।
यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६९५१ रहेको छ ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यससँगै देशभर मृतकको संख्या ७ हजार ९९० पुगेको छ ।
