सामाजिक संजाल प्रयोगकर्तालाई साइबर ब्यूरोको चेतावनी

काठमाडौं, २४ जेठ : सामाजिक संजाल दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने व्यक्तिहरूलाई नेपाल प्रहरीले चेतावनी दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्नेलाई चेतावनी दिएको हो ।

‘कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌ । हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।

त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारबाही हुनेसमेत ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.