उपत्यकामा ११३१ सहित थप ३४७९ जनामा संक्रमण, ६६३६ संक्रमणमुक्त

काठमाडौं, २३ जेठ : पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६६३६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
