प्रदेश स्तरीय प्रहरी कार्यालय भवनको उद्घाटन

दाङ, २७ मङसिर : प्रदेश नं ५ प्रहरी कार्यालय भवनको आज उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सो भवनको उद्घाटन गर्नुभएको हो ।

नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाले प्रदेशस्तरका कार्यालय स्थापना गर्ने क्रममा नयाँ बनाउने नीतिअन्तर्गत सो भवन निर्माण गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाको शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उपमहानगरपालिकाको रु ३१ लाख अनुदान तथा नेपाल प्रहरीको रु दुई लाख बराबरको श्रमदानमा भवन निर्माण गरिएको इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो ।

प्रदेश नं ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले प्रदेशको सुरक्षाको अवस्थालाई सुदृढ राख्न नागरिकलाई छिटो छरितो र निष्पक्ष सेवा प्रवाह गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । यसअघि मासिक रु ६० हजार भाडा तिरेर तुलसीपुर–६ रजौरामा कार्यालय सञ्चालन गरिएको थियो । तुलसीपुर–७ स्थित प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.