प्राकृतिक विपद्मा परी कर्णालीमा २५ को मृत्यु 

कर्णाली, ७ साउन : विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ ।

हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.