थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो

काठमाडौं, ११ असार :  नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४३४ जना कोरोना संक्रमित । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । हालसम्म रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमित फैलिएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३१२ डिस्चार्ज भएका छन् । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।

यो संगैं कोरोना जित्नेहरु महिला २१६ र पुरुष २४३४ जना गरि कुल संख्या २६५० पुगेको छ ।

यसैगरी देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेका छन् ।

यसैगरी कोरोना संक्रमणबाट नेपालमा आजसम्म २६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.