क्यान्सरबारे सचेतना फैलाउन सर्भाइबर मिट–२०२० हुँदै

सुमित्रा फुयाल । काठमाडौँ, २२ असोज : नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटीको आयोजनामा क्यान्सरबारे सचेतना फैलाउन आगामी असोज २४ गते ‘सर्भाइबर मिट–२०२०’ भर्चुअल कार्यक्रम हुने भएको छ ।

संस्थाकी अध्यक्ष प्रमिता खनालले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त भर्चुअल कार्यक्रम असोज २४ गते दिउसो ३ बजेदेखि सुरु हुन जानकारी दिनुभएको छ । कार्यक्रममा विशेषज्ञ डाक्टरहरूको समेत उपस्थिति रहने जनाइएको छ ।

संस्थाकी कोषाध्यक्ष बिनु केसीले अक्टोबर महिना ब्रेस्ट क्यान्सरसम्बन्धी सचेतना अभियान चलाउने महिना भएको जानकारी दिनुभयो ।

केसीले नेपाल क्यान्सर सरभाइबर्स सोसाइटी क्यान्सर विजेता दिदीबहिनीद्वारा स्थापित गैरनाफामूलक संस्था भएको पनि बताउनुभयो । १२ वर्षअगाडिदेखि क्यान्सर सचेतनाको क्षेत्रमा जोडिएको भएता पनि विगत ४ वर्षदेखि विधिवत संस्थागत प्रकारले सञ्चालनमा आएको बताउनु भएको छ ।

योगप्रेमी परिवार नेपालसँगको सहकार्यमा सञ्चालित योगले क्यान्सरको उपचारमा सहयोग पुग्ने कोषाध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको पनि विशेष महत्त्व हुन्छ । योग र ध्यानले हाम्रो जीवनशैलीमा नै परिवर्तन गर्न विशेष भूमिका खेल्दछ । यो विषयलाई गम्भीर रूपमा लिँदै हामी योगप्रेमी परिवार नेपालसँग सहकार्य गर्दै आएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.