सनसिटीमा कोरोना परीक्षण सुरु, २९८ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौँ, वैशाख ३: दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण  थालिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेंटमा बिहान ९ बजेदेखी स्वास्थ्य सेबा बिभाग इपिडिमेलोजी माहाशाखाका डा. अमृत पोखरेल, डा. महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाको १५ जना स्वास्थ्यकर्मीको टोलिबाट अपार्टमेंटको ब्लक ‘ए’ मा रहेका ९० परिवारका तीनसय जनाको परीक्षण भइरहेको छ ।

अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको थियो । २ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।

सनसिटीका पाँचवटा ब्लकमा पाँच सय परिवारका करिब एक हजार पाँच सय जना बस्दै आएका छन्।

सनसिटी अपार्टमेंटमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट आज गरिएको परीक्षणमा सम्पूर्ण २९८ जनाको नेगेटिभ देखियो ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाको गाडीबाट बिहान देखिनै कोलोरिन छर्कने कार्य गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.