सनसिटीका दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, २ वैशाख: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका दुई जनामा थ्रोट स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २०७६ चैत्र ५ गते बेलायतबाट आएको बताइएको छ । हिजो सोमबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पतालमा बिदेशबाट आएकाहरू मध्य ३६ जनाको र्‍यापिड टेष्ट गरिएकोमा र्‍यापिड टेष्ट गर्दा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको थियो ।

एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा र्‍यापिड टेष्टका क्रममा पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये ८१ वर्षकी आमा र ५८ वर्षका छोराको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ५२ वर्षकी बुहारीको रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.