सिन्धुपाल्चोकमा झाडापखलाको महामारी 

मेलम्ची, जेठ २६ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो ।

विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो । विरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् ।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताउनुभयो ।

झाडापखलाका कारण विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिनुभयो ।

गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal