आँखा रोग विशेषज्ञ डा पोखरेलका तीन कृति सार्वजनिक

ललितपुर, २५ जेठ : नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा डा रामप्रसाद पोखरेलद्वारा लिखित आँखाका मणि, महायोगी अद्धैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम नामक तीन कृति आज यहाँ सार्वजनिक भएका छन् ।

उप प्रधानमन्त्री ईश्वर पोखरेलले उक्त पुस्तक विमोचन गर्दै मानिस योगदान, विचार र कर्मले जीवित हुने बताउनुभयो । उहाँले प्रतिभावान मानिस सुखसयल र भौतिकवादमा मात्र खुशी हुन सक्दैन र मानिसले सधैँ जीवित रहने अठोटका साथ लेखन र साहित्यमा उन्मुख हुने गर्छ भन्नुभयो । उहाँले लेखक पोखरेलको कदम हरेक पुस्ताको लागि भविष्यमा प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा लेखक पोखरेलले डाक्टरको जीवन, आँखाको उपचार गर्न नसकेर नेपालीले पाएको पीडा, विगत र वर्तमानका नेपाली स्वास्थ्य क्षेत्रको इतिहास र डा स्वयंले जीवनमा भोगेका अनेकौँ अनुभवलाई आधार बनाई उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काङ्गेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले ठूला मानिस र विज्ञका चिन्तन बोकेर अघि बढेका लेखक पोखरेलको जीवन सदैव सफल रहनुमा उनकी धर्मपत्नी शोभनाको हात रहेको जानकारी दिनुभयो । उहाँले अन्धोपन निवारण गर्न आँखा अभियान सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ विसं २०३१ मा नेपाल आँखा अस्पताल स्थापना गरेका पोखरेलले नेपाललगायत अन्य मुलुकका जनतालाई निःशुल्क उपचार सेवा दिएको बताउनुभयो ।

डा पोखरेलले वीर अस्पतालबाट आँखा उपचार गर्दै हिँड्ने क्रममा हिमाल, पहाड र तराईमा बस्ने मानिसलाई यस्तो प्रकृतिको आँखा रोग लाग्छ भन्ने कुरा पत्ता लगाइ त्यसको अनुभवका आधारमा पुस्तक लेखेको बताउनुभयो ।

नेपालका १४ अञ्चलमा १८ आँखा अस्पताल स्थापना गरेका पोखरेलले थुप्रै नेपाली जनतालाई दृष्टि दिएका छन् । आँखा उपचारको लागि धेरै भारतीय नेपाल आउने गरेका कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal