पाइल्स रोगीका लागि क्षारसूत्र सेवा शुरु हुने

विराटनगर, १ जेठ : पाइल्स रोगीका लागि उपचारमा सहयोग पुग्ने गरीे यहाँ क्षारसूत्र उपचार सेवा शुरु गरिने भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको विस्तारित सेवा केन्द्रमा सो सुविधा बिरामीले यही जेठ महीनाको पहिलो सातादेखि पाउने भएका छन् ।

खानपिनमा नियन्त्रण गर्न नसक्दा, चुरोट, खैनी, गुट्खा र रक्सी सेवन, अत्यधिक मासुजन्य पदार्थ सेवन गर्दा मानिसलाई कब्जियत हुन गई पाइल्स रोग देखापर्ने गरेको कविराज मुकेशकुमार सिँहले बताउनुभयो । बालबालिकादेखि वृद्धवृद्धासम्मको निःशुल्क उपचार हुने सो केन्द्रमा दैनिक ३० देखि ५० बिरामी आउने गरेका छन् । एक जना आयुर्वेद चिकित्सकसहित १८ कर्मचारी रहेको केन्द्रमा हाडजोर्नी, बाथ, कम्मर दुखेको, पिनाश, ग्याष्ट्रिक, पथरी, पायल्स भएका बिरामी आउने गरेका छन् ।

योगा, थेरापी जस्ता सेवा दिइरहेको केन्द्रमा बिरामी अन्यत्रबाट समेत आउने गरेका र यस्ता बिरामीको उपचारमा समय लग्ने गरेको बताइएको छ । विभिन्न स्थानको औषधि र उपचारबाट लाभ नमिलेपछि आयुर्वेद उपचार गराउन आउने बिरामीहरु आयुर्वेद औषधि खाइसकेपछि आराम हुने गरेको बताउने गरेका कविराज सिँहले बताउनुभयो । केन्द्रमा होमियोपेथिक उपचार सेवा प्रदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal