इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा प्रा डा शाह निर्वाचित

काठमाडौँ, १० वैशाख : वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित हुन सफल हुनुभएको हो । पाकिस्तान र बङ्गलादेशलाई पछि पार्दै प्रा डा शाहले ती दुवै पदमा निर्वाचित हुनुभएको थियो ।

हालै अष्ट्रेलियाको मेलवर्नमा हालै सम्पन्न काउन्सिलको अन्तर्राष्ट्रिय सम्मेलनमा मतदानको परिणाम घोषणा गरिएको थियो । अनलाइनका आधारमा मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.