दुर्गम क्षेत्रमा सेवा दिन चिकित्सकसँग आग्रह

काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकार तथा स्वास्थ्यकर्मी दुवै मिलेर बिरामीलाई स्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिनुभएको छ ।

राजधानीमा आयोजित साक्षात्कातर कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीले पनि संविधान, ऐनकानून तथा नियमलाई पालना गर्ने तथा दुर्गम क्षेत्रमा गएर त्यहाँका जनतालाई सेवा उपलब्ध गर्नुपर्ने औँल्याउनुभयो । उहाँले चिकित्सकको हडतालका कारण बिरामीले दुःख पाएको बताउँदै सरकार तथा स्वास्थ्यकर्मी एक ठाउँमा बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

डा यादवले जुन ऐनअन्तर्गत स्वास्थ्यकर्मीले फाराम भरेको हो सोअनुसार जनतालाई स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो । मन्त्रालयले चिकित्सकलाई समन्वय मात्र गर्दै आएको बताउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समायोजन गर्ने काम भइरहेको बताउनुभयो ।

नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अवैज्ञानिक तथा हचुवाका भरमा चिकित्सकको समायोजन गरिएको आरोप लगाउँदै उहाँले दुर्गम क्षेत्रमा खटिएका चिकित्सकको वृत्तिविकास तथा पर्याप्त उपकरण उपलब्धता र काम गर्ने वातावरण बनाइदिए समस्या एक छिनमा नै समाधान हुने बताउनुभयो ।

सरकारी चिकित्सकका तर्फबाट डा सुशीलमोहन भट्टराईले जनयुद्धका बेला पनि सरकारको आँखा छलेर जनयुद्धका घाइतेको उपचार गरिएको तथा माओवादीको आँखा छलेर घाइते सरकारी सुरक्षाकर्मीको दुर्गम क्षेत्रमा बसेर उपचार गरिएको प्रसङ्ग उल्लेख गर्दै सरकारले स्वास्थ्य क्षेत्रमा सात प्रतिशत मात्र बजेट प्रवाह गरेकाले त्यसलाई १० प्रतिशत पु¥याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal