वीरमा ओपिडी बाहेकका सबै सेवा सञ्चालन

काठमाडौँ, २७ चैत : वीर अस्पतालका सबै चिकित्सक आन्दोलनमा रहे पनि अस्पतालले ओपिडी बाहेकका सम्पूर्ण सेवा सञ्चालन गरेको छ ।

अस्पतालले आकस्मिक सेवा सञ्चालन गरेको अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीले जानकारी दिनुभयो । “आज ओपिडी सेवा पनि सञ्चालन गर्ने भनेर केही समय बिरामीको टिकट काटिए पनि चिकित्सकले आन्दोलन फिर्ता नलिएपछि प्रभावकारी रुपमा सेवा दिन सकिएन्”, उहाँले भन्नुभयो ।

चारसय ओपिडीका बिरामीको टिकट काटेपछि यहाँका चिकित्सकले आन्दोलन फिर्ता नलिएकोले पुनः बिरामीको टिकट बन्द गरिएको उहाँ बताउनुहुन्छ । उनीहरुलाई बाहिरै आन्दोलनरत् चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रीय युनियनका चिकित्सकले सेवा दिएका थिए ।

सरकारले चिकित्सकहरुको मागलाई सम्बोधन नगरेपछि शुक्रबारदेखि उनीहरुले काम नगरी आन्दोलन शुरु गरेका थिए । आकस्मिकमा २५ प्रतिशत बढे बिरामी वीर अस्पतालमा आकस्मिकमा २५ प्रतिशत बिरामीको चाप बढेको छ । ओपिडी सेवा बन्द भएपछि आकस्मिकमा बिरामीको चाप बढेको हो ।

कूल ३५ श्ययाको क्षमता रहेको आकस्मिकमा दैनिक रुपमा १५० देखि २०० सम्म बिरामीले सेवा लिने गरेका थिए । तर ओपिडी सेवा बन्द भएपछि अहिले दैनिक रुपमा तीन सयसम्म बिरामीले सेवा लिने गरेका छन् ।

आकस्मिकमा बिरामीलाई राख्ने श्ययाको अभाव भएपछि ओपिडीका बिरामी राख्ने ठाउँमा आकस्मिकका बिरामी राखेर सेवा दिन थालेको निर्देशक सेन्चुरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal