कास्कुन र व्लोदानवीच हरेक हप्ता रक्तदान गर्ने समझदारी

काठमाडौँ, २३ चैत : रक्त अभावलाई कम गर्ने अभिप्रायले काठमाण्डौं बचत तथा ऋण सहकारी संघ ( कास्कुन) र ब्लड डोनर्स एसोशिएशन (व्लोदान) बीच बर्षका ५२ हप्ता नै रक्तदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कास्कुनका तर्फबाट अध्यक्ष दिपक पनेरु र व्लोदानका तर्फबाट अध्यक्ष सानुबावु प्रजापतीले हस्ताक्षर गर्नु भएको छ । यसै अनुरुप २०७५ चैत्र २० गते सहकारी दिवसको अवसर पारेर पाँच तारा सहकारी संस्थाबाट रक्तदान कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको छ ।

व्लोदानको सहयोगमा कास्कुनका सदस्य संस्थाहरुमा हरेक हप्ता पालै पालो रक्तदान आयोजना गरिने समवन्धमा ब्लोदानका केन्द्रिय सदस्य एव ब्लोदान केन्द्रका तर्फबाट सहकारी तथा वित्तिय क्षेत्र हेर्ने संयोजक भोला नाथ पाठकले बताउनु भयो ।

उपत्यका लगायत क्रमश देशै भरिका वित्तिय संस्थाहरुमा यस्ता मानविय कार्यक्रमहरुको आयोजना गरिने बताउदै पाठकले सम्पुर्ण सहकारी तथा वित्तिय क्षेत्रलाई यस महान कार्यमा स्वतस्फुर्त योगदान गरि सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.