सेनाको चिकित्साशास्त्र महाविद्यालयबाट शतप्रतिशत नतिजा
काठमाडौँ, ८ चैत : नेपाली सेनाले आफ्नो स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट एमबिबिएस दोस्रो समूहको अध्ययन पूरा गरेका सफल विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ ।
सैनिक मुख्यालयमा आज आयोजित समारोहमा उक्त संस्थानमा अध्ययन पूरा गरेका ७५ जना चिकित्सकलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानसेनापति थापाले करीब पाँच वर्षको लामो अध्ययन अवधि पूरा गरी प्रथम पटकमा नै शतप्रतिशत नतिजा हासिल गरी नेपाल मेडिकल काउन्सिलको अनुमति प्राप्त गरी चिकित्सकजस्तो सम्मानित पेशामा आबद्ध भएकाप्रति बधाई दिनुभयो ।
