दन्त चिकित्सकको कार्यशाला सम्पन्न

चितवन, २७ माघ : नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, डा आयुष खरेल, डा दिनेश शर्मा भुषाल, डा रञ्जीता श्रेष्ठ र डा सुनि मल्लले कार्यपत्र प्रस्तुत गर्नुभएको एशोसिएसन चितवनका अध्यक्ष डा बिष्णुमाया खरेलले जानकारी दिनुभयो । कार्यशालामा विज्ञहरूले स्तरीय उपचार पद्धत्तिका विषयमा जानकारी गराउनुभएको थियो ।

देशको मुख स्वास्थ्य नीति स्पष्ट नहुँदा दन्तरोगका बिरामी बढेको सहभागीले औँल्याएका थिए । मुख तथा दन्त स्वास्थ्य सेवा जनताको पहुँचमा सर्वसुलभ ढङ्गबाट पुग्ने नीति नभएकै कारण यसको समस्या विकराल बन्दै गएको उनीहरूको भनाइ थियो । कार्यशालामा देशभरबाट ११० दन्त चिकित्सक सहभागी भएको खरेलले बताउनुभयो ।

नेपालमा हाल दुई हजार ७०० दन्त चिकित्सक छन् । हरेक वर्ष ६०० हाराहारी चिकित्सक थपिने तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal