सिङ्गा तातोपानीमा शयनकक्ष र थप पोखरी निर्माण

म्याग्दी २६ माघ : बेनी नगरपालिका–४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने ‘बाथ ट्युब’ शयनकक्ष र थप पोखरी निर्माण भएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने पाहुनाको सुविधाका लागि शयनकक्ष सञ्चालनमा ल्याएको हो ।

शयनकक्ष र थप पोखरी निर्माण भएपछि तातोपानीमा जुनसुकै समयमा पनि स्नान गर्न सकिने र पालो पर्खनु नपर्ने समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो । रु पाँच लाखमा निर्माण भएको तीन जना क्षमताको ‘बाथ ट्युब’ सुविधायुक्त तरिकाले प्राकृतिक तातोपानीले स्नान गर्न सकिने सुविधा छ ।

तीन वटा छुट्टाछुट्टै गोप्य कोठाभित्र रहेको शयनकक्षमा बसेर एक घण्टासम्म स्नान गर्न समितिलाई प्रतिव्यक्ति रु २०० शुल्क तिर्नुपर्ने जनाइएको छ । रु पाँच लाखको लगानीमा ‘बाथ ट्युब’ निर्माण भएको हो । प्रभु एयरका क्याप्टेन शोवित गौचनले रु एक लाख, बुटवलका हीराबहादुर गौतमले रु ५० हजार र काठमाडौँका तेजिन्द्र खड्काले रु ५० हजार सहयोग गर्नुभएको थियो ।

रु तीन लाखको लागतमा म्याग्दी नदीको किनारमा निर्माण भएको पोखरीमा एक पटकमा ४० देखि ५० ले स्नान गर्न सक्नेछन् । पोखरीको लम्बाइ र चौडाइ १२/१२ फिट छ । छोटो अवधिका लागि आउने पर्यटकका लागि तातोपानीमा स्नान गर्न सकिने पोखरी बनाइएको हो । यसअघि तातोपानीमा स्नानका लागि एउटा मात्र २५० जना क्षमताको पोखरी थियो ।

जमीनभित्रबाट वीरे नूनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा चोट पटक लागेको, सर्के–मर्केको, ग्यास्ट्रिक, गानोगोला, नशा, छालासम्बन्धी समस्या भएका बिरामी स्नान गरेर उपचारका लागि आउँछन् ।

शयनकक्ष र पोखरीको उद्घाटन गर्नुहुँदै बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले पूर्वाधार विस्तारसँगै पाहुनालाई सुविधा र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । तातोपानीमा छोटो अवधिका लागि आउने विशिष्ट पाहुनालाई लक्षित गरेर पूर्वाधार विस्तार गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

तातोपानीमा डुबेर स्नानका लागि देशका विभिन्न स्थानका साथै विदेशबाट समेत गरेर वार्षिक १६ हजार पाहुना आउने गर्छन् । कुण्डको आम्दानी र चन्दा सहयोगबाट कुण्डको संरक्षण, कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal